|

बिर्तामोडमा नक्कली सुन दिएर सक्कली लिएर टाप कसे पछि….

झापा । झापाको बिर्तामोडमा एक लुटेरा समूहले वृद्धा महिलालाई नक्कली सुन दिएर सक्कली सुन लिएर टाप कसेका छ।

आइतबार अपराह्न बिर्तामोड ५ स्थित हनुमान सेन्टर नजिकै ७१ वर्षीया विष्णुमाया सुवेदीले लगाएको सुनको डेढ तोलाको ब्रासलेट र औँठी लिएर तीनचार जनाको समूह फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार ३४ जनाको सङ्ख्यामा रहेका समुहले नक्कली सुन देखाएर लालचमा पारी वृद्ध महिलाले लगाएको सक्कली सुन लिएर फरार भएका हुन् ।

सुन लिएर फरार भएपछि वृद्धा महिलाले आफू ठगिएको थाहा पाएर इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराएसँगै घटनामा संलग्नहरूको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । ठगी गर्ने समूहले बिस्कुट जस्तो आकारको पहेलो ढिक्का देखाएर महिलाले लगाएका गरगहनाहरू लिएर भागेको बताइएको छ ।

Similar Posts