|

बिर्तामोडमा राष्ट्रिय खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने

ad

झापा । झापाको बिर्तामोडमा पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

यही माघ २७ गतेदेखि २९ गतेसम्म बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा हुने प्रतियोगिता दुई इभेन्टमा सञ्चालन हुनेछ ।

आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्व अध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार प्रतियोगिता खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट २० र्याकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् ।

Similar Posts