| |

‘कोशी नाममा लफडा गर्नु भन्दा जातिय भाषा, संस्कृतको पहिचान बनाउँ’

ad

मेचीनगर । कोशी प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री शमशेर राईले कोशी नाममा विवाद गर्नु भन्दा आफ्नो जातिय भाषा, पर्व र संस्कृतलाई जीवन्तकालसम्म पहिचान राख्नसके सान्दर्भिक हुने बताएका छन् ।

आज चारआलीमा मेचीनगर–१३ का चार जातीहरु (शेर्पा, तामाङ, गुरुङ र मगर) ले संयुक्त रुपमा आयोजना गरेको ल्होछार पर्वमा मन्त्री राईले उक्त कुरा बताएका हुन् ।

कोशी प्रदेश नाम खारेज हुनुपर्छ भन्ने पहिचानवादीहरुको आन्दोलन चलिरहेका बेला मन्त्री राईले कोशी नामकरणको मुद्वालाई भन्दा जातिय भाषा, पर्व र संस्कृतलाई जीवन्तकालसम्म पहिचान राख्न आफु लागिपरेको दावी गरे ।

उनले पहिचानवादीहरुको मागलाई सम्बोधन गर्न पनि कोशी सरकारले संवादका लागि वार्ता समिति समेत बनाएको बताए । उनका अनुसार २÷४ दिनभित्र कोशी सरकारले पूर्णता पाउने छ ।

इलाम स्थित रोङ गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका सलकपुर निवासी मन्त्री राईले विगतमा सुन्तलाको खानी भनेर चिनिएको सलकपुरमा अहिले सुन्तला पाउँन छोडीसकेको बताए । पहिलाका लटरम्म सुन्तलाका बोटहरु अहिले मरिसकेको उनले दावी गरे ।

कार्यक्रममा कोशी प्रदेशका सांसदद्वय सबिना बजगाई र गोपाल तामाङ, मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए । ल्होछार पर्वको अवसरमा सेलो कलाकार आस्मा लोप्चनले जातिय समूहका गीतहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै शेर्पा, तामाङ, गुरुङ र मगर जातिका विभिन्न नित्यहरु समेत प्रस्तुत गरिएको थियो । कलाकार एवम् नित्य प्रशिक्षक केसाङ लामाको समूहले आकर्षक नित्यहरु प्रस्तुत गरेका थिए ।

मेचीनगरका चार जातीले शनिबार एकैसाथ ल्होछार पर्व मनाउने क्रममा चारआलीलाई बेहुलीझै सिंगारिएको थियो ।

एकै समयमा एकैचोटी सबै जातीले पर्व मनाउँदा भव्य हुने, पूर्वबाट एकताको सन्देश जाने र सबै जातीको ऐक्यवद्धता रहने भएकोले पनि नौलो अभ्यासको शुरुवात गरिएको संयुक्त ल्होछार (डुग ल्हो) समितिका अध्यक्ष फूर्वा लामाले बताए ।

संयुक्त ल्होछार (डुग ल्हो) समितिका अध्यक्ष फूर्वा लामाको अध्यक्षतामा सम्पन्न ल्होछार पर्व कार्यक्रमको स्वागत मगर संघका कुमार राना मगरले र सञ्चालन समितिका सचिव सोनामसिंह तामाङले गरेका थिए ।

Similar Posts