बरामद आईफोन दमकको श्रेष्ठ मोवाईल सेन्टरको
झापा । गत आइवारसाँझ काँकडभिट्टाबाट शशस्त्र प्रहरी र मेचि भन्सार कार्यालयको संयूक्त टोलीले पक्राउ गरेको ३३ थान आईफोन दमकको श्रेष्ठ मोवाईल केयर सेन्टरको भएको खुलासा भएको छ । दमकमा केही बर्ष अगाडीबाट आईफोन मात्र बेच्ने श्रेष्ठ मोवाईल केयर सेन्टरले बजार मुल्यभन्दा सस्तोमा फोन दिने गरेको थियो ।
काँकरभिट्टा भन्सारबाट भित्रने नेपाली सवारी साधनलाई एसियन हाइवे प्रयोग गर्न दिनेगरेको छैन । मेची नदिमा रहेको पुरानै पुलको प्रयोग गरेर आवात जावत गर्नु पर्ने पर्ने हुन्छ ।
तर दमकको श्रेष्ठ मोवाईल केयर सेन्टरले भने भारतबाट नेपाल आउँदा एसियन हाईवे प्रयोग गरेर नेपाल प्रवेश गर्नेगरेको छ।
दमकको मुख्य चोक र क्याम्पसमोडमा पसल रहेको यो मेवाईल सेण्टरले आइतवार ३३ थान आईफोन लुकाईछिपाई नेपाल भित्राउन खोजेपछि शशस्त्र प्रहरी मेचि भन्सार कार्यालयको संयूक्त टोलीले पक्राउ गर्यो ।
भारतबाट नेपाल आउँदै गरेको बागमती प्रदेश ०१(०२६ च ९०३३ नम्बरको कारमा मोवाईल ल्याउदै गर्दा बरामत गरिएको हो । सो नाकाबाट मोबाइलको तस्करी गर्ने समूहले पटकै पिच्छे गाडी फेर्दे मोबाइल नेपाल भित्राइरहेको सूचना सशस्त्र प्रहरीले पाएका थिए ।
सोही सूचनाको आधारमा यस पटक कार फेला परेको सशस्त्र स्रोतले जनाएको छ । बरामद गरिएको मोबाइल १७ लाख २५ हजार र कार २५ लाख गरी जम्मा ४२ लाख २५ हजार मूल्याङ्कन गरी दुवै सामान मेची भन्सार कार्यालय बुझाइसकेको छ ।