| |

राेङमा अभिभावकलाई शिक्षा

गाेविन्द पाैडेल

राेङ । शिक्षाकाे विकासमा साझेदार रहने अभिभावकहरूका लागि शुक्रबारबाट अभिभावक शिक्षा सुरु गरिएकाे छ ।

बालबालिकाहरूकाे सिकाइलाई सार्थक र परिणाममुखी बनाउन शिक्षक र विद्यार्थीहरूकाे सहभागिता अपूराे हुने र यसकाे जिम्मेवार पक्ष अभिभावकहरू समेत हुने भएकाले अभिभावक शिक्षा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

शिक्षण सिकाइ र बाल सक्रियतालाई थप प्रभावकारी बनाउन अभिभावकहररूलाई समेत शिक्षा दिन याे कार्यक्रम थालिएकाे गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । गाउँपालिकाले अभिभावक शिक्षा सञ्चालन गर्न कार्यविधि बनाएर पाठ्यक्रम तयार गरेको छ । यस्तै, प्रशिक्षक छनोट र उनीहरूलाई तालिम दिई विद्यालयमा खटाइएको हो ।

हरेक महिनाकाे एकदिन अभिभावकहरूलाई विद्यालयमा बोलाएर शिक्षाकाे महत्त्व, शैक्षिक गतिविधि, समस्या, चुनाैती र भूमिकाकाे बारेमा कक्षा सञ्चालन गरिने अध्यक्ष स्याङ्बोले बताए । अभिभावक विद्यालय गएको दिन बालबालिकाहरू घरको काममा सहभागिता जनाउनुपर्नेछ । जसले विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन मद्दत पुग्ने गाउँपालिकाको अपेक्षा छ ।

गाउँपालिकाकाे ३० सामुदायिक विद्यालयमध्ये ११ वटामा शुक्रबारबाट अभिभावक शिक्षा चलेकाे छ । जसमा अभिभावकको उत्साहजनक उपस्थित रहेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । बाँकी विद्यालयमा पनि चाँडै अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिने रोङ गाउँपालिकाले जनाएको छ ।

Similar Posts