गठबन्धनबारे महामन्त्रीद्वयका फरक–फरक प्रस्ताव
चार समूह बनाएर २२ सय प्रतिनिधिले गर्दै छन् पाँच प्रतिवेदनमाथि छलफल, ०८४ को निर्वाचनमा गठबन्धन गर्ने/नगर्नेलगायतका विवादित विषयमा बैठकको सुझावका आधारमा महासमितिले स्वामित्व लिने गरी केन्द्रीय समितिबाट निर्णय गरिने
काठमाडाैं । ठूलो रस्साकस्सीपछि ‘निर्वाचनमा गठबन्धन नगर्ने’ महामन्त्री गगन थापाको प्रस्तावले कांग्रेस महासमिति बैठकमा प्रवेश पाएको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने ‘तत्कालीन आवश्यकताका आधारमा गठबन्धनबारे निर्णयमा पुग्नुपर्ने’ प्रस्ताव गरेका छन् ।
यी दुईसँगै मंगलबार अन्य तीन प्रतिवेदन पनि बैठकमा पेस भएका छन् । समूहगत छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन मारिमार्जनसहित पारित गरिनेछन् ।
विवादित विषयमा मध्यमार्गी विकल्पसहित बैठकको दोस्रो दिन मात्रै प्रतिवेदनहरू पेस भएका हुन् । नेताहरूका अनुसार बैठकमा प्रस्तावहरूमाथि पर्याप्त छलफल हुनेछ र आएका सुझाव समावेश गरेर बैठक सम्पन्न गरिनेछ । विवादित विषयमा भने प्राप्त सुझावका आधारमा केन्द्रीय समितिले निर्णय लिनेछ, जसको स्वामित्व भने महासमिति बैठकको हुनेछ ।नयाँ पत्रिकामा खबर छ ।