एपिएफ फुटबल क्लबलाई कारबाही
झापा । सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ फुटबल क्लबलाई झापा गोल्डकपले कारबाही गरेको छ ।
सोमबार झापा गोल्डकपमा बागमती युवा क्लवविरुद्ध खेलेको एपिएफलाई फुटबल खेलको मर्यादाविपरीत कार्यगरेको भन्दै ११ हजार जरिमाना गरेको हो ।
झापा गोल्डकप आयोजक समितिले एपिएफ फुटबल क्लबका व्यवस्थापकलाई पत्र लेख्दै झापा गोल्डकप २०८० को प्रतियोगिता नियमावलीको दफा १० को प्रवधान बमोजिम खेलाडीले जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरी खेल खेलेको उल्लेख गरेको छ ।
यस कार्यले झापा गोल्ड कपको गरिमामा आँच पर्याएकोले नियमावलीको दफा २३ (ख) बमोजिम गरिएको उल्लेख छ ।
