झापा गोल्डकप : पहिलो हाफमा चर्च ब्वाइजलाई अग्रता
झापा । छैटौं झापा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलको पहिलो हाफमा चर्च ब्वाइज युनाइटेड क्लबले अग्रता लिएको छ । मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा चर्च ब्वाइज र न्यूरोटिम एनआरटीबीच भइरहेको खेलको पहिलो हाफमा चर्च ब्वाइजले स्टाइकर अवयामी फकुल्नेको गोलमा अग्रता लिएको हो । खेलको ३६ औं मिनेटमा सञ्जित राईको पासमा अवयामीले गोल गरे । पहिलो हाफमा लिग बिजेता चर्च ब्वाइजले एनआरटीलाई दबाबमा राखिरहेको छ । एनआरटी पनि खेलमा फर्कने प्रयासमा छ । चर्च ब्वाइज यसअघि भएको खेलमा पुलिस क्लबलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एनआरटी बाई पाएर क्वाटरफाइनल खेल खेल्न आइपुगेको हो । पहिलो हाफ चर्च ब्वाइज १-० ले अगाडि छ ।
खेलको दोस्रो हाफमा एनआरटी खेलमा फर्कन सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी छ ।
२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैठौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।