सरकारमा सहभागीताका विषयमा निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं । सरकारमा सहभागीताका विषयमा निर्णय गर्न नेकपा (एकीकृत समाजवादी)ले सचिवालयको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेकाे हाे ।
नयाँ सत्तागठबन्धन र सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्न बैठक बस्न लागेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयाे । यसअघिको गठबन्धनमा समेत सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा समेत सहभागी हुन माओवादी केन्द्र र नेकपा एमलेले आग्रह गरिसकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता नेपालको निवास पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गर्नुभएकाे छ । मंगलबार साँझ प्रधानमन्त्री दाहाल र एमाले ओलीसहितका नेतासँगको भेटमा अध्यक्ष नेपालले सरकारमा सहभागीताका लागि सकारात्मक जवाफ दिनुभएकाे स्राेतकाे दाबी छ ।
आज बस्ने सचिवालयकाे बैठकले सरकारमा सहभागि हुने या नहुनेबारे निर्णय लिने सचिव श्रेष्ठकाे भनाइ छ ।