दमकमा एमाले हूँ भनेर छाती फुलाएर गर्वका साथ शिर ठाडो बनाएर हिड्ने बनाउन मेरो उम्मेद्वारी-युवराज घिमिरे
दमक/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा नेकपा एमालेको दोश्रो नगर अधिवेसनले नयाँ नेतृत्व चयन गर्दैछ ।
आधा दर्जन अध्यक्षको आंकाक्षी रहेकाछन् । यसमा दमकका युवा ब्यवसायी तथा नेकपा एमालेका युवा नेता युवराज घिमिरेले पनि अध्यक्षमा उम्मेद्वारी मनोनयन गरेकाछन् । उनले पार्टी भित्र आम कार्यकर्ताको निराशालाई आशामा बदल्नका लागि आफ्नो उम्मेद्वारी भएको बताएकाछन् ।
पार्टी अध्यक्षको गृह नगरमा पार्टीले नगर प्रमुख, उपप्रमुख मात्र नभएर अधिकाँश सामाजिक संघसंस्थामा नेतृत्व गुमाइरहेको छ यो गम्भिर बिषय हो, घिमिरेले भने । पुरानो एमालेको साखलाई फिर्ता गरेर दमकमा एमालेको बर्चश्व कायम गराउनु छ र एमालेका कार्यकर्ताहरुले छाती ढोकेर एमाले हुँ भन्ने बनाउनु छ, घिमिरेको भनाई छ ।
पार्टी अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन हुन र नभए स्वच्छ प्रतिस्पर्धा गरेर नेतृच्व छान्न भनेको स्मरण गर्दै घिमिरेले आफु त्यो भन्दा बाहिर नजाने बताए । एमालेलाई दमकमा सबैभन्दा ठुलो राजनीतिक दलको रुपमा मात्र नभएर सबैभन्दो भरपर्दो राजनीतिक दलको रुपमा स्थापित गराउन सक्छु भनेर अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको छु, घिमिरेले भने ।
एमाले हुँ भनेर शिर ठाँडो बनाएर हिड्ने अवस्था सिर्जना गर्नु छ, उनले थपे । आफु नियमित रुपमा पार्टी काममा लागिरहेको र कार्यकर्ताहरु भावाना बुझेको जनाउदै सबैको साथ र समर्थन पाउने विश्वास गरेकाछन् । पुराना तथा पार्टीलाई यहाँसम्म ल्याउनु हुने नेताहरुको सल्लाह बमोजिम अघि बढ्छु र नयाँ पुस्ताको भावाना अनुसार पार्टीको नगर कमिटीलाई चलयमान बनाउने मेरो अठोट छ, उनी भन्छन् ।