माधव नेपालको घरमा नेताको लर्को, प्रधानमन्त्रीको ‘अफर’ लिएर देउवा पनि पुगे
झापा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा नेताको लर्को लागेको छ । एकपछि अर्को गर्दै सबै पार्टीका नेता उनको घर पुगिरहेका छन् ।
हिजो साँझ नयाँ गठबन्धनका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता पुगेका थिए । त्यस लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देेन पुगे । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका छन् ।
उनी रास्वापा, जनमतसहितको गठबन्धन बनाउने प्रस्ताव लिएर माधव नेपालको निवास पुगेका हुन्। देउवाले माधव नेपाललाई प्रधानमन्त्रीसहित ३ मन्त्रालय, सुदूरपश्चिममा मुख्यमन्त्री र राष्ट्रयसभाको अध्यक्ष दिने प्रस्ताव गरेको स्रोतको दाबी छ ।