अर्जुनधारमा एक दिने निशुल्क स्वास्थ्य शिबिर हुने
झापा । झापाको अर्जुनधारमा एक दिने निशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको छ । अर्जुनधार ११ स्थित जूनकिरी आधारभुत बिद्यालयमा चैत्र ३ गते शनिवार निशुल्क स्वास्थ्य शिबिर सम्मपन्न हुने भएको हो ।
नेकपा (एकिकृत समाजवादी) अर्जुनधार नगर कमिटीको आयोजना तथा ओम साई हस्पिटलको प्रविधिक सहयोमा हुने नेकपा (एकिकृत समाजवादी) अर्जुनधार नगर कमिटीका अध्यक्ष अर्जुन मेचेले जानकारी दिए । शिबिरमा महिला रोग बिशेषज्ञ, बालबालिका रोग बिशेषज्ञ, जेनरल बिशेषज्ञलगायतका सेवाहरु उपलब्ध हुने छ ।