प्रधानमन्त्रीको सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी र स्वकीय सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती गरेका छन् । प्रधानमन्त्रीको दैनिक काम प्रभावकरी बनाउन सचिवालयको आकार घटाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सचिवालयको काम प्रभावकारी नभएको गुनासो आएपछि आकार सानो बनाइएको सचिवालयको भनाइ छ ।
राजनीतिक नियुक्ति लिएर आएका र अन्य मन्त्रालय, कार्यालय र संस्थानबाट काममा आएका सचिवालयका कर्मचारी कटौती गरिएको स्वकीय सचिब रमेश मल्लले जानकारी दिए । गत वर्ष दाहाल प्रधानमन्त्री चयन भएपछि सल्लाहकार, विज्ञ र अन्य गरी ३५ जना नियुक्त भएका थिए ।