|

प्रदीप खड्काको ‘एक्टर’मा राजबल्लभको कमब्याक

ad

काठमाडौं । प्रदीप खड्काको आगामी फिल्म ‘एक्टर’को शीर्ष नायिकामा आना शर्मा अनुबन्धित भएकी छन् । आनासँग केही दिनअघि लिखित सम्झौता भएको निर्माता थमन भण्डारीले जनाए ।

अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालासँग लिखित सहमति हुन बाँकी रहेको भण्डारीले बताए । ‘राजबल्लभजीले स्क्रिप्ट मन पराउनुभएको छ । उहाँले ओके भनेर फिल्मको सेड्युल माग्नुभएको छ । हामी सेड्युल मिलाउँदैछौं,’ भण्डारीले भने, ‘उहाँले खेल्ने निधो भएको छ ।’

राजबल्लभका लागि निर्माताले २० दिनको छायांकन तालिका तय गरेका छन् । यदि कोइराला फिल्मसँग जोडिए यो उनको कमब्याक फिल्म हुनेछ । कोइरालाको पछिल्लो फिल्म ‘हे युवा’ सन् २०१५ मा रिलिज भएको थियो ।

वैशाख पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई आगामी तिहारमा प्रदर्शनको तयारी छ । फिल्ममा राजेश हमालले केमियो रोल गर्ने पक्का भएको छ ।

Similar Posts