घाइते प्रहरीलाई स्कुटर
काँकडभिट्टा। इलाका प्रहरी कार्यालय काँकडभिट्टाले प्रहरी कल्याण कोषमार्फत उपलब्ध गराएको चार चक्के स्कुटर सोमबार एक कार्यक्रमबीच २ जना घाइते प्रहरीलाई बितरण गरेको छ ।
विभिन्न समयमा घाइते भएका झापा शिवसताक्षीका प्रहरी टेकबहादुर सामसुहाङ र मोरङका शिबनारायण महतोलाई भन्सार छुटमा ल्याएको स्कुटर बितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुँवर खापुङले प्रतीगोटा १ लाख ६० हजार मुल्य पर्ने चार चक्के स्कुटरको चाबी र ब्लु-बुक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, झापाका प्रहरी उपरीक्षक मिलन केशीले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन प्रहरी निरीक्षक अर्जुनकुमार पोख्रेलले गरेका थिए ।
कार्यक्रममा बिराटनगर महानगरका प्रहरी उपरीक्षक दिपक पोखेरेल, झापाका प्रहरी उपरीक्षक मिलन केसी, माइती नेपाल काँकरभिट्टाका प्रमुख गोबिन्द घिमिरेलगायतको सहभागीता रहेको थियो ।