देशभर पाँच सय ‘घुमुवा’ प्रहरी हटाइए
देशभरिका प्रहरी कार्यालयबाट करिब पाँच सय सादा पोसाकका प्रहरी (घुमुवा) हटाइएका छन् । गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले घुमुवा हटाएको हो । सादा पोसाकमा कार्यरत प्रहरी बारम्बार विवादमा पर्दै आएका छन् ।
सूचना संकलन तथा अपराध अनुसन्धानका लागि भनेर सादा पोसाकमा खटिने प्रहरी गैरव्यावसायिक गतिविधिमा संलग्न रहेको भन्दै हटाउन बिहीबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको थियो । जसअनुसार प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरी कार्यालयलाई तत्काल घुुमुवा प्रहरी हटाएर नियमित ड्युटीमा खटाउन परिपत्र गरेको छ ।
निर्देशनअनुसार सबैजसो कार्यालयबाट सादा पोसाकका प्रहरी नियमित ड्युटीमा खटिन थालेको प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले बताए । अपराध अनुसन्धान गर्ने विशिष्टीकृत निकाय र अपराध अनुसन्धान शाखामा काम गर्नेबाहेक अन्य सादा पोसाकमा खटिन रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सादा पोसाकमा कार्यरत पाँच सयभन्दा धेरै प्रहरीलाई नियमित काममा खटाउन थालिएको छ ।नयाँ पत्रिकामा खबर छ ।