दुर्गा प्रसाईंलाई अत्याधुनिक हतियार दिइएको विषयमा छानबिन गर्न समिति गठन
काठमाडाैं । व्यवसायी दुर्गा प्रसाईंलाई कानुनविपरीत अत्याधुनिक हतियार राख्ने इजाजत दिइएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा चार सदस्यीय समिति गठन भएको हो ।
समितिका सदस्यमा गृहकै उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका एसपी सन्तोष भट्टराई छन् ।
गृहकै अर्का उपसचिव एकदेव अधिकारीलाई सदस्यसचिव तोकिएको छ । सर्वाेच्च अदालतको आदेशअनुसार छानबिन गर्न समिति गठन गरिएको गृह मन्त्रालय प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।