जेठ ११ गते अधिवेशन बोलाउन अल्पमतमा परेको कोशी सरकारले गर्यो प्रदेश प्रमुखलाई सिफारिस
झापा । अल्पमतमा परेको केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आगामी जेठ ११ गते अधिवेशन बोलाउन सिफारिस गरेको छ।
मुख्यमन्त्री कार्कीले जेठ ११ गते बिहान ११ बजे प्रदेश अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष सिफारिस गरिएको कार्कीले जानकारी दिए।
कोशीमा नेकपा (एमालें), नेकपा (माओवादी केन्द्र) ले अधिवेशन आह्वान गर्न आग्रह गरेका थिए। उनीहरूले तत्काल प्रदेश सभा अधिवेशन तोक्न भन्दै सोमबार नै प्रदेश प्रमुख खापुङ्गसमक्ष लिखित निवेदन दिएका थिए।