इलाम-२ उपनिर्वाचन : बलिया उम्मेदवार जितबहादुर राई
इलाम । उपनिर्वाचनको मिति नजिकिएसँगै इलाम-२ मा चुनावी ज्वरो बढेको छ । विभिन्न राजनीतिक दलका आठ र स्वतन्त्र उम्मेदवार १२ गरी २० जनाले मनोनयन दर्ता गराएर उपनिर्वाचनमा होमिएका छन् ।
प्रदेशको नामांकनपछि सुरु भएको पहिचानको आन्दोलनको भविष्यको नापजाँचसमेत यो निर्वाचनले गर्ने भएकाले इलाममा आगामी वैशाख १५ मा हुने निर्वाचनलाई अर्थपूर्ण रूपमा लिइएको छ । यसअघिका विभिन्न निर्वाचनहरूमा पटकपटक एमालेले विजय गर्दै आएको सो क्षेत्रमा यसपटक भने केही फरक दृश्य देख्न सकिन्छ ।
नेकपा एमालेले सुवासचन्द्र नेम्वाङको निधन पश्चात् उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएर सो क्षेत्रमा खटाएको छ । बुवाको विरासत थाम्नका लागि सुहाङ पनि मरिहत्ते गरेर लागेको देखिन्छ । सुहाङ इलाममा जन्मेका पनि होइनन्। नेपालमा पढेका पनि हैनन् ।बुबाका कारण मात्रै इलामे भनेर आफूलाई दाबी गर्दै आएका क्षेत्र नम्बर २ का इलामीको रूपमा स्वीकार गरेको देखिँदैन। उनिले निर्वाचन जित्ने कुनै छाँट नभएको स्थानीयको बुझाइ छ । कांग्रेसबाट उम्मेदवार बनेका डम्बर खड्का कांग्रेस इलाम जिल्ला सभापति समेत हुन् ।
उनले गत चुनावमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग झिनो मतान्तरले मात्रै पराजित भएका थिए। त्यही निर्वाचन ताका कांग्रेसकै कार्यकर्ताले डम्बर खड्कालाई भोट नहालेर उनले हारेको चर्चा व्यापक चलेको थियो । त्यसको केही दिन पछाडि नै डम्बर खड्काले सामाजिक सञ्जालमा धोका दिएको लगायतका गुनासा पोखेको सार्वजनिक भएको थियो ।
यस उपनिर्वाचनका लागि टिकट ल्याउनका लागि खड्का र कांग्रेसका जिल्लाका अर्का प्रभावशाली नेता भेषराज आचार्यबीच ठूलो रस्साकसी भएको थियो । तर, खड्का देउवा प्यालनका भएकाले अन्तिममा टिकट उनीलाई थमाइयो। इलामको क्षेत्र नम्बर २ मा कांग्रेसको प्यानलगत हिसाबले निकै देउवा प्यालन निकै कमजोर छ। क्षेत्रीय कमिटीदेखि गाउँ कमिटीसम्म कोइराला प्यानलको वर्चस्व छ। गत निर्वाचनमा खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।
गठबन्धनको मतसहित रहेको यो मत समानुपातिकतर्फ भने कांग्रेसले २२ हजार ३३ मत मात्रै ल्याएको देखिन्छ । अहिलेको अवस्थामा कांग्रेसले त्यस्ताबेला ल्याएको समानुपातिको मत मात्र ल्याए पनि चुनाव सहज रूपमा जित्ने देखिन्छ । तर, कांग्रेस कार्यकर्तामा डम्बर खड्कालाई ठूलो तप्काले असहयोग गरेर भोट नहाल्ने स्रोतले दाबी गरेको छ ।
उसरी हेर्दा खड्काको माहो धेरै बिग्रेको छ र यस चुनावमा तेस्रोदेखि चौँथो स्थानमा मात्र कांग्रेसले मत प्राप्त गर्ने देखिन्छ । देशभरि नयाँ नयाँ भन्दै नयाँको माहोल बढिरहेको बेलामा रास्वपाले भने मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ। लामो समयबाट पत्रकारिता गर्दै आएका र पहिचानलाई कडा रूपमा प्रस्तुत गर्दै आएका मिलानलाई रास्वपाले उम्मेदवार बनाएको छ । तर, लिम्बुलाई इलाम क्षेत्र नम्बर २ खासै विश्वास गर्ने देखिँदैन ।
पार्टी सभापति रवि लामिछानेलाई आफ्नो आफ्नो क्षेत्रमा लगेर घर दैलोमा भोट मागिरहेका लिम्बुलाई पहिचान पक्षधररूले अस्वीकार गरेको देखिन्छ भने इलाम क्षेत्र नम्बर २ मा रास्वपाको गतिलो संगठन नभएको आमनागरिकको बुझाइ छ।
लामो समयदेखि प्रदेश नम्बर १ मा सल्केको पहिचानको आगोलाई पनि नहाली दलहरूले कोशी नामाकरण गरेसँगै फैलिएको आन्दोलनमा अग्रणी भूमिका खेलेका डकेन्द्रसिंह थेगिन क्षेत्र नम्बर २ मा पहिचान पक्षधरका साझा उम्मेदवार बनेका छन्।
मुढा चुनाव चिह्न लिएर उम्मेदवारी दिएका थेगिमलाई स्वतन्त्रबाट उठेर चुनाव जितेका मेयर हर्क साम्पाङले खुलेर सहयोग गरिरहेका छन् । माङ्सेबुङ गाउँपालिका स्थायी घर भएका थेगिम पहिचान स्थापित गर्नको लागि उम्मेदवारी दिएको बताउँदै आएका छन् । नागरिकको बुझाइ पनि गर्ने हो कि व्यवहारमा उतार्ने हो यदि पहिचानलाई स्थापित गरेर देशैभरि एउटा नयाँ सन्देश दिने हो भने थेगिनलाई चुनाव जिताएर जानुपर्ने तर्क गर्छन्, माङसेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिकामा । थेगुङको निकै राम्रो पकड देखिन्छ । दुई स्थानीय तहमा उनको खासै राम्रो छैन । अघिल्लो चुनावमा कांग्रेस उम्मेदवार डम्बर खड्कालाई भोट हालेको नेकपा एकीकृत समाजवादीले यसपटक जितबहादुर राईलाई उम्मेदवार बनाएको छ ।
प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्ने बेलामा नम्बर १ को संसदमा विपक्षमा मतदान गर्ने एकमात्रै पार्टी नेकपा एकीकृत समाजवादीले पहिचानको पक्षमा बुलन्द आवाज बनाउनका लागि जितबहादुर राईलाई जिताउनुपर्ने बताउँदै आएको छ। राई इलामको माई जोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुन् । जनता माझ लोकप्रिय र सरल स्वभावका राई अहिले आफ्नै बारीमा कृषि कर्ममा व्यस्त थिए । पछिल्लो समय उपनिर्वाचनलागेसँगै उम्मेदवार भएर राई निर्वाचनमा भोट माग्न जनताको घरदैलोमा पुग्ने गरेका छन् । स्रोतका अनुसार कांग्रेसकोमा रहेको ठूलो असन्तुष्ट तप्काले राईलाई भोट हाल्ने देखिन्छ । जसमा कांग्रेसको ७ देखि ८ हजार मत राईलाई क्रस हुने स्रोतको दाबी छ।
एमालेमा समेत सुहाङलाई उम्मेद्वारका रूपमा सो क्षेत्रका कार्यकर्ताहरूले स्वीकार गरेका छैनन् । उनीहरूले बाहिरी रूपमा उनलाई स्वीकार गरेर चुनावी प्रचारमा सहभागी भए जस्तो देखिए पनि भित्रभित्रै उनीलाई हराउन कम्मर कसेर लागेको बुझिन्छ । एमालेको असन्तुष्ट समूहले पनि करिब ४ देखि ५ हजार मत एसका उम्मेदवार जितबहादुर राईलाई हाल्ने देखिन्छ। केन्द्रीय गठबन्धन अनुसार आफ्नो उम्मेदवार नउठाई एमाले उम्मेदवारलाई सहयोग गर्ने जनाएको माओवादीले समेत सुहाङलाई भोट हाल्ने देखिँदैन। माओवादीका केही प्रदेशस्तरीय नेताहरूको सुहाङ नातामा भतिज पर्ने भन्दै लागि परेर हिँडेको देखिए पनि माओवादीको ठूलो पंक्ति भने सुहाङलाई भोट नहाल्ने देखिन्छ। करिब ६ हजार मत रहेको माओवादीले १५०० मत हाराहारीमा सुहाङलाई हाल्ने र अन्य समाजवादीका उम्मेदवार जितबहादुर राईलाई हाल्ने सहजै अनुमान गर्न सकिन्छ ।
सबै जनताका घरघरमा पुगेर भोट दिन अपिल गरिरहेका राईलाई उम्मेदवार त यस्तो पो हुनुपर्छ भन्ने धेरै छन् । उम्म यस्तो सहज त हामीले देखेकै थिएनौँ नि ! भन्ने खालका अभिव्यक्ति आम नागरिक आम मतदाताले दिने छन् । सबै उम्मेदवार लिम्बु समुदायका र कांग्रेसका उम्मेदवार क्षेत्री समुदायको र राई समुदायको एकमात्र उम्मेदवार जितबहादुर राई भएको कारण पनि राई समुदायको बाक्लो बसोबास रहेको सो क्षेत्रको केही जातीय मत समेत राईलाई आउने देखिन्छ । यसरी हेर्दा इलाम क्षेत्र नम्बर २ को उपचुनावमा सबैभन्दा बलिया उम्मेदवारका रूपमा जितबहादुर राई रहेको देखिन्छन् ।
इलाम निर्वाचन क्षेत्रनम्बर २ का आमनागरिकको रोजाई कि त एकीकृत समाजवादीका जितबहादुर राई कि त पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार रहेको बसझिन्छ । दल भएर पनि पहिचानको पक्षमा खुलेर लागेको एकीकृत समाजवादीलाई भोट हाल्दा सहज हुने अनुमानको स्थानीयको रहेको छ ।