जन्म दिनको बहानामा एमालेको नाङ्गोनाच, आचारसंहिता उलंघन
इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन आज बिहान ७ बजेबाट सुरु भइसकेको छ। १३ गते राति १२ बजे पछाडि प्रचारप्रसार गर्न आचारसंहिताले रोक लगाए पनि एमालेले प्रसार प्रचार गर्ने छुट्टै शैली अपनाएर आचार संहिताको खिल्ली उडाएको छ ।
एमालेबाट उम्मेदवार भएका सुहाङ नेम्वाङको जन्मदिनको शुभकामना भन्ने गलत सन्देश सामाजिक सञ्जालभरि एमालेका नेता तथा कार्यकर्ताहरूले छरपष्ट बनाएर पोस्ट गरेका छन् । गत फेब्रुअरी २० का दिन जन्मदिन मनाएका सुहाङले आफ्नु फेसबुको प्रोफाइलमा स्टाटस लेख्दै २० फेब्रुअरीमा जन्मदिनको शुभकामना दिनेसबैलाई हार्दिक आभार व्यक्त गरेरका छन् ।
त्यो पोस्ट अहिलेसम्म हटाइएएको छैन । अहिलेसम्म देख्न सकिन्छ। तर एमाले नेता तथा कार्यकर्ताले अप्रिल २६ र २७ ( हिजो र आज)सुहाङलाई जन्म दिनको शुभकामना लेखेर सामाजिक सञ्जालमा छरपष्ट पारेको देख्न सकिन्छ। जन्म दिननै नभएको बेला आचारसंहितालाई चुनौती दिदै जितको शुभकामना समेत लेखेर शुभकामना हाल्नुलाई आमनागरिकले एमालेको प्रोपागान्डाको नाम दिएका छन् ।