आचारसंहिता उलंघनमा एमालेलाई उछिन्दै रास्वापा उम्मेद्वार लिम्बु
इलाम । रास्वपाका उम्मेदवार मिलन लिम्बुले आचारसंहिताको ठाडो उलंघन गरेका छन्। इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आज भइरहेको उपनिर्वाचनमा मतादान गर्न गएका लिम्बुले आचार संहिताको उल्लङ्घन गरेका हुन् ।
२०७८ साल चैत ३ गते प्रकाशित निर्वाचन आचार संहितामा खण्ड ७१ को संख्या ५० को भाग ५ को १७ नम्बरमा मतदानको दिन पालना गर्नुपर्ने आचारसंहितामा मतदानको दिन राजनीतिक दल उम्मेदवार तथा दलको भातृ संगठन या सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको बारेमा उल्लेख गरिएको छ।
जसको क मा नै भनिएको छ मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मतसंकेत भएको पहिरण वा ब्याज लगाएको नहुने । तर, रास्वपा उम्मेदवार लिम्बुले भने प्रष्टसँग देखिएको घण्टीको ब्याज आफ्नो कोटमा लगाएर मतदान गर्न गएका छन्।