विद्यालयमा क्याप्टेन छान्न चुनाव
राेङ । इलामको रोङ गाउँपालिकाको एक विद्यालयमा क्याप्टेन छान्न चुनाव भएको छ । राेङ-६ काे सरस्वती माध्यमिक विद्यालयकाे क्याप्टेन र उपक्याप्टेन छनोटकाे लागि बुधबार दिनभर चुनावी गतिविधि सञ्चालन भएकाे छ ।
बालबालिकाहरूकाे नेतृत्व विकास, लाेकतान्त्रिक गतिविधिकाे ज्ञान दिँदै बालबालिकाकाे क्षमता विकास गराउने उदेश्यले प्रत्यक्ष निर्वाचन प्रणालीद्वरा गरिएकाे निर्वाचनमा निर्वाचन पद्धतिमा बाहेकाे सबै प्रकृया पूरा गरिएकाे थियाे । निर्वाचन आयाेगकाे गठनदेखि कार्यतालिका प्रकाशन,मतदाता नामावली प्रकाशन, उम्मेद्वारकाे प्रस्तावक समर्थकसहित मनाेनयन, दावीविराेध, अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न वितरण मतदान, मतपेटिका शिलबन्दी,उम्मेद्वारकाे प्रतिनिधिसहित मतगणना र मतपरिणामसहित घाेषणा कार्यले साचैकाे चुवान बनेकाे हाे ।
विद्यालयकाे क्याप्टेन र उपक्याप्टेन फरक लिङ्काे हुनुपर्ने र एक मतदाताले दुईजनालाई मतदान गर्नुपर्ने नियमानुसार क्याप्टेन पदमा एक छात्रासहित तीनजना र उपक्याप्टेन पदमा दुई छात्रसहित चारजनाकाे मनाेनयन भएकाे थियाे । कसैले उम्मेद्वारी फिर्ता नलिएपछि भएकाे चुनावमा कुल एक सय ११ मतदाता रहेकाेमा ९८ मत खसेकाेमा ६ मत बदर भएकाे निर्वाचन अधिकृतसमेत रहेका सामाजिक शिक्षक माधवप्रसाद मेहताले बताए ।
यसरी भएकाे मतदानमा क्याप्टेन पदमा ६२ मत पाएर राेशन राई विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी स्पर्स प्रधानले २० र दुर्गादेवी प्रधानले १० मत पाएका थिए । यसैगरी उपक्याप्टेनमा आकृति सुवेदीले ३५ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वीहरू सुस्मिता राईले ३०, उत्साह राईले १४, सेमियाेग राईले ६, सुरज प्रधानले ४ र छेस्का लिम्बूले २ मत पाएका थिए ।