एमाले दमक अध्यक्षमा पौडेल,शिवसताक्षीमा दंगाल
झापा । नेकपा एमाले दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल निर्वाचित भएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/05/444202689_7302532186511704_1383402368948917758_n.jpg)
दमक नगर कमिटीको दोस्रो अधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा उर्मिला ओली,
सचिवमा गिरेन्द्र चम्लागाई , महिला उपसचिवमा सीता कार्की ,उपसचिवमा झसराज ढकाल निर्वाचित भएका छन् ।
त्यस्तै नेकपा एमाले शिवसताक्षीको अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/05/444469189_480153354676206_6446253604724268512_n.jpg)
पार्टीको दोस्रो नगर अधिवेशनबाट दंगाल २५४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा बिष्णुप्रसाद प्रसाई १९५ ,सचिव लक्ष्मी गुरागाँई २४१ ,उपसचिवमा सागर राई २१० र महिला उप–सचिवमा कल्पना चम्लागाँई(कोपिला) निर्विरोध निर्वाचित भएको जनाइएको छ ।