हाम्रो बाआमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम लागू गरिने
झापा । आगामी आवको बजेटमार्फत सरकारले ‘हाम्रो बा आमा, हाम्रो जिम्मेवारी’ नारासहितको कार्यक्रम लागू गर्ने भएको छ।
अर्थमन्त्री बर्षमान पुनले स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र संचालन गर्ने, सार्वजनिक सेवा अपाङ्गतामैत्री बनाउने, स्वास्थ्य बिमाको दायरा बढाउने, मुक्त कमलरी सशक्तीकरणका लागि तालिम दिनेलागयतका कार्यक्रम पनि लागू गर्ने घोषणा गरेका छन्।