शैनिक वस्तिका स्थानीयलाई पिउने पानीको प्रवन्ध
विनोद सापकोटा
झापा । शिवसताक्षी १० शैनिक वस्तिका स्थानीयलाई पिउने पानीको प्रवन्ध हुने भएको छ । उपभोक्ताले पिउने पानीका लागि इच्छा देखाए उहाँहरुको निवेदन दर्ता भएको १ घन्टामा पिउने पानीको व्यवस्था गर्न वडा कार्यालय र स्थानीय उपभोक्ता समिति तयार भएका हुन् ।
स्थानिय तथा राष्ट्रिय स्तरका संचार माध्यममा शैनिक बस्तिका स्थानीयले पिउने पानी नपाएको विषयमा समाचार प्रकाशन भएपछि सरोकारका निकायले चासो दिएका छन् । वडा अध्यक्ष हर्कधन सिगुले पिउने पानीको समस्याको समाधान गर्न वडापालिका तयार रहेको बताए । प्राविधक कारणले उपभोक्ता समितिले सो बस्तीमा पानी नदिएको हुनसक्छ । तर, स्थानियले बोले जस्तो नेपाल सरकारका तीनवटै तहले पानी नदिएको भन्ने चै गलत हो । उनले भने, नेताले पानी दिने होइन । प्रकृया पुग्यो र उपभोक्ताले चासो देखाए सरकारी तथा गैह्र सरकारी निकायले घर घरमा पानी पुर्याउँछ ।
यसमा समस्या के छ र ? स्थानिय खानेपानी उपभोक्ता समिति र लाभग्राही उपभोक्ता संग आवस्यक छलफल पश्चात पिउने पानीको अविलम्ब व्यवस्था गरिने वडा अध्यक्ष सिगुले बताए । उनले भने, ‘उपभोक्ताले पहिलो नम्बरमा इ्रच्छा देखाउनु पर्यो । मानिसको पहिलो आधारभुत आवस्यक्ता भित्र पर्ने पिउने पानीको व्यवस्था मिलाउन वडालाई कुनै भारी छैन ।’ शैनिक बस्तिको करिव ५० मिटर दुरीमा शैनिकबस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पानी संचालनमा छ । त्यो पानी स्थानियले उपभोग गर्न सक्ने सो उपभोक्ता समितिका अध्यक्ष मोहन वहादुर कार्कीले बताए । ‘समितिमा निवेदन दिएको १ घन्टामा घर घरमा पानी हामि पुर्याउँछौं ।’ उनले भने ।
सो बस्ती शैनिक बस्ती नामले परिचित भएपनि तत्कालिन सरकारले त्यहाँ सुकुम्बासी ल्याएर राखेको थियो । कनकाई नदिमा आएको बाढीले घर खेत बगाउँदा ०५२ साल देखिका पीडित त्यहाँ ल्याएर राखिएका छन् । स्थानिय बसेको जग्गा नेपाल सरकारको हो । स्थानियका अनुसार ९० घर सुकुम्बासी छन् । ती मध्येका केही घरमा शैनिकबस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समिति द्धारा संचालित खानेपानी पुगेको छ ।
स्थानिय धनकुमार ढकाल भन्छन, ‘ केही परिवार अति विपन्न छन् । ति परिवारको भान्सामा कसरी पिउने पानी पुर्याउनु पर्छ भन्ने विकल्प खोजिदैछ ।’ स्थानिय ताला सोरेनले भनिन, ‘पच्चिस हजार दसस्यता शुल्क विना आम्दानीका हामी सुकुम्बासीले कसरी भुक्तान गर्न सक्र्छौ ? घरमा पानी लैजानका लागि पाईप लगायतका सामग्री खरिद गर्ने पैसा नहुँदा पिउने पानीबाट बञ्चित हुनुपरेको छ । अब २५ हजार मैले कहाँबाट ल्याउनु ? सरकारले कि मर भन्नु पर्यो की मार्नुपर्यो ।’