शिवसताक्षी कुटपिट घटनाको बिषयमा वडा सचिवको भाईको बिज्ञप्ती
शिवसताक्षी । झापा शिवसताक्षी १ का वडा सचिब नन्दिकेशर भट्टराई माथी कुटपिट घटनाको बिषयलाई लिएर विभिन्न सन्चार माध्यमले एक तर्फि समचार सम्प्रेषण गरेको भन्दै बजगाईं परिवारले ध्यान आकषर्ण गराएका छन् ।
बजगार्इं परिवारले आज प्रेस बिज्ञप्ती जारी गरि उक्त बिषयको बारेमा जानकारी गराएको हो ।
उक्त घटनालाइ लिएर बिभिन्न छापा तथा अन्लाइन मिडियाले सेवा ग्राहीले जन्म दर्ता नसच्याएको भन्दै सचिब कुट्यो भन्ने मात्र समचार आएको तर सचिबलाइ के कारणले कुटिएको हो भन्ने बिषयको कुनै मिडियाले समचार सम्प्रेषण नगरेको भन्दै समचार सम्प्रेषण गर्दा दुबै तर्फको आवज लाइ कोड गरेर लेख्न पिडकका भाई लक्ष्मी प्रसाद बजगाईंले आग्रह गरे ।