डेडिकेटेड र ट्रङ्क लाइनबापतका बक्यौता उठाइने : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम नछाडेर उठाउने स्पष्ट गर्नुभएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले उद्योगको लाइन काटेर बक्यौता उठाउने बाटो मात्र गलत भएको बताउनुभएको हो ।
प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्योगहरुले उपभोग गरेको विद्युतको महसुल तिर्नैपर्ने भएकोले महसुल नतिरेका कारण विद्युत काट्दा व्यापार व्यवसायमा असर पर्ने हुनाले मात्र सरकारले जिम्मेवारीपूर्वक लाइन जोड्न सुझाएको उहाँले जानकारी दिनुभयो ।