प्रचण्ड ३० गते झापा आउँदै
बिर्तामोड । नेकपा माओवादी केन्द्रले झापामा बृहत प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । भदौ ३० गते बिर्तामोडमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो ।
बुधबार माओवादी केन्द्र झापाले बिर्तामोडमा पत्रकार भेट्घाट गरी प्रशिक्षणमा पार्टी अध्यक्ष आउन लागेको जानकारी दिएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामी (सन्देश) ले कार्यकर्तामा उत्साह भर्न, सहिद परिवारलाई सम्मान गर्न अध्यक्ष झापा आउन लाग्नु भएको बताए ।
अनारमनी नगरोन्मुख गाविसका पूर्व उपाध्यक्ष समेत रहेका लोकबन्धु कन्दङवाको नेतृत्वमा करिब ४ सय जना माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको एक नेताले बताए । सरकारमा लामो समय पछि माओवादीले प्रतिपक्षीको भूमिका निर्वाह गरेसँगै २०८४ लाई लक्षित गरी सङ्गठन विस्तारलाई तीव्रता दिएको छ।