खुदुनाबारी गोल्डकपमा आजबाट क्वाटरफाइनलका खेलहरु
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपमा आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदै छ ।
अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा हुने खेल अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा आज कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाबिच खेल हुने छ ।
गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो । मंसिर ५ सम्पन्न हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार २ सय ११ र उपविजेताले ५५ हजार ६ सय ५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ । प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवपसताक्षी, गौरादह, दमक नगरपालिका र इलामको माई नगरपालिकाको एक टिमसहित आयोजकको एक टिम गरेर १० टिमको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङले जानकारी दिए ।