घरैमा घुस बुझ्दाबुझ्दै ट्राफिकका हाकिम पक्राउ
झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले उनलाई आज घुससहित नियन्त्रणमा लिएको जनाइएको छ ।
रोल्पा नगरपालिका–४, स्थित निवासमा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनले सवारीसाधन आवतजावतमा सहजीकरण गराइदिने प्रलोभनमा घुस मागेको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको आयोगले जनाएको छ । अख्तियारले बुढाथोकीमाथि थप अनुसन्धान थालेको छ ।