पोलिसी ह्याकाथन गर्दै कांग्रेस, पुरस्कार ३ लाख दिने
नेपाली कांग्रेसले पोलिसी ह्याकाथन गर्ने भएको छ।
‘समुन्नत नेपाल, सम्मानीत नेपाली’ को लक्ष्य हासिल गर्न युवाहरूलाई नीति निर्माण र छलफलमा सक्रिय संलग्न गराउन ह्याकाथन गर्न गर्न लागिएको कांग्रेसले जनाएको छ।
‘युवा र नीति निर्माण प्रक्रिया बीचको खाडल हटाउन कांग्रेसले पोलिसी ह्याकाथन गर्न लागेको हो,’ सहमहामन्त्री जीवन परियारले भने, ‘यो युवाहरूको ऊर्जा, रचनात्मकता र अन्तरदृष्टि ग्रहण गर्ने संयन्त्र हो।’
‘गिग इकोनोमी र क्लाइमेट एक्सन’ सम्बन्धी नीतिगत मुद्दा पहिचान र सम्बोधन गर्न युवाहरूले यस ह्याकाथनमार्फत विचार तथा मन्थन गर्ने जनाइएको छ।
यसमा विभिन्न पृष्ठभूमिका ४० वर्ष उमेरसम्मका नागरिकले ह्याकाथनमा भाग लिन सक्नेछन्।
यस प्रतिगीतामा पहिलो चरणमा आवेदकले दुई विषयमध्ये एकमा नीति पत्र पेश गर्नुपर्ने हुन्छ। नीतिपत्र तीन हजारदेखि ५ हजार शब्द समावेश गर्नुपर्ने हुन्छ।
दोस्रो चरणमा १० वटा नीतिपत्र छनौट हुनेछ। उनीहरूले लिखित नीतिपत्रमा आधारित भई प्रस्तुती दिनुपर्नेछ।
साउन २७ गते नै आवदेन खुला भइसकेको छ।
भदौ ३ गते आवेदन बन्द हुनेछ।
भदौ ५ गते फाइनलका लागि १० टोली छनौट गरिनेछ।
भदौ ९ गते सानेपामा फाइनल कार्यक्रम हुने मुख्यचिव कृष्णप्रसाद पौडेलले बताए।
पहिलो हुनेलाई ३ लाख रुपैयाँ, दोस्रोलाई १ लाख ५० हजार रुपैयाँ, तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने कांग्रेसले जनाएको छ।
मुख्यसचिव पौडेलका अनुसार शीर्ष तीन नीतिपत्र र उत्कृष्ट विचारहरू कांग्रेसमा प्रस्तुत गरिनेछ।
संसदीय दलभित्र यी नीतिपत्रहरू छलफल हुनेछन्। उत्कृष्ट नीतिहरूलाई पार्टीले ग्रहण गर्ने उनले बताए।
यस्तो छ विज्ञप्ति:
Source: Setopati