अटो मोबाइल व्यवसायमा संलग्नले दिए घाइते साहलाई उपचार खर्च
दमक । दमकका अटोमोबाइल व्यवसायमा संलग्नले जलेर घाइते भएका अटोमोबाइल क्षेत्रका मजदुर विशाल साहको उपचारमा सहयोग गरेका छन् । गत माघमा काम सकेर आगो ताप्ने क्रममा जलेर घाइते भएका साहको उपचारका लागि मोटरपार्ट, अटो मोबाइल व्यवसायी र मजदुरबाट रकम संकलन गरेर दिइएको हो ।
साहको उपचारका लागि ६२ हजार दुई सय रुपैयाँ दिइएको रकम संकलनमा सक्रिय रहेका सुशील तामाङले जानकारी दिए । साहको अहिले भारतमा उपचार भइरहेको छ । २३ वर्षीय दमकको सुरज अटो सर्भिसमा काम गर्थे । उनी घाइते भएपछि उपचारका लागि तामाङको नेतृत्वमा रकम संकलन भएको हो ।
रकम उनका बुवा अशोक साहलाई हस्तान्तरण गरिएको तामाङले बताए । ‘अटोल मोबाइल क्षेत्रको एउटा मजदुर घाइते हुँदा हामीले सहयोग गर्नुपर्छ भनेर रकम संकलन गरेका हौँ,’ तामाङले भने, ‘दमक उद्योग वाणिज्यसंघसँग पनि कुरा भएको छ । त्यहाँबाट पनि उपचार खर्च पाउने आश्वासन आएको छ ।’
रकम हस्तान्तरणमा अटो मोबाइल एसोसिएसन दमकका अध्यक्ष बिमल बराल, कोषाध्यष ढिकबहादुर चम्लागाई लगायतको उपस्थिति थियो ।