सूर्योदय नगरपालिकाले २०८३ लाई खेलकुद वर्षको रूपमा मनाउने : नगर प्रमुख राई
इलाम । इलामको सूर्योदय नगरपालिकाले वि स २०८३ लाई खेलकुद वर्षको रूपमा मनाउने नगर प्रमुख रण बहादुर राईले घोषणा गरेका छन् ।
१४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सूर्योदय नगर स्तरीय छनौट प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रमुख रण बहादुर राईले सूर्योदय नगरपालीकाले वि स २०८३ लाई खेलकुद वर्षको रूपमा मनाउने घोषणा गरेका हुन् ।
विद्यालय खेलकुदलाई नै नगरपालिकाले प्राथमिकताका साथ अगाडी बढाउने र विद्यालय खेलकुद बाट नै भविष्यमा राष्ट्रको खेलाडी उत्पादन हुने भन्दै नगरप्रमुख राईले जिल्ला स्तरीय राष्ट्रपति छनौट मा सहभागी हुने विद्यार्थी खेलाडीहरूलाई समेत जिल्ला स्तरीय छनौट प्रतियोगितामा प्राप्त पदक अनुसार सम्मान गर्ने घोषणा गरेका हुन् ।
सूर्योदय नगरपालिकाले अघिल्लो वर्ष समेत १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला छनौटमा पदक प्राप्त गर्ने खेलाडीहरूलाई स्वर्ण पदकको छ हजार , रजत पदकको चार हजार र कास्य पदकको तीन हजार गरि विभिन्न खेलका इभेन्ट्समा पदक प्राप्त गर्ने खेलाडीहरूलाई रु एक लाख पचपन्न हजार नगर सहित सम्मान गरेको थियो ।
खेलकुद वर्ष २०८३ को लागि नगर भित्रैको खेलाडीहरूलाई प्रशिक्षण मार्फत तयार गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू सम्मिलित प्रतियोगिताहरू समेत आयोजना गरि सूर्योदय नगरपालिकामा खेलकुद वर्ष मनाउने नगर प्रमुख राईले घोषणा गरेका हुन् ।
विद्यालय खेलकुद बाट आएका खेलाडीहरूलाई नै प्रशिक्षण गर्दा सूर्योदय नगरपालिकाले प्रसस्त सम्भावना बोकेकोले हाल विद्यालय खेलकुदमा नै लगानी बढाउने र विद्यालय भित्रैका खेलाडीहरूलाई प्रशिक्षण गराउने लक्ष्यमा सूर्योदय नगरपालिका रहेको सूर्योदय नगर खेलकुद विकास समितिले जनाएको छ ।
समापन कार्यक्रम अगाडि नै सम्पन्न भएको सूर्योदय नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि भने करफोक विद्या मन्दिर माध्यमिक विद्यालय ले जितेको छ । अघिल्लो वर्षको समेत विजेता रहेको करफोक विद्यालय मन्दिर माध्यमिक विद्यालयले प्रतियोगितामा संचालित १५ इभेन्ट्सका ३० विधा मध्ये १४ स्वर्ण सहित ४ रजत र ४ कास्य जितेको छ ।
त्यस्तै दोश्रो स्थानमा रहेको श्री कृष्णाश्रम माध्यमिक विद्यालयले ८ स्वर्ण ४ रजत र ४ कास्य पदक जित्दा प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने फिक्कल नमूना माध्यमिक विद्यालयले ३ स्वर्ण ७ रजत र ५ कास्य पदक हासिल गरेको छ । त्यसै गरी चौथो स्थानमा ३ स्वर्ण ६ रजत र ५ कास्य सहित वीरेन्द्र माध्यमिक विद्यालय रहँदा १ स्वर्ण ३ रजत र ५ कास्य सहित जनक माध्यमिक विद्यालय पाँचौं स्थानमा रहेको छ ।
१ स्वर्ण र १ रजत सहित सरस्वती मावि छैटौँ स्थानमा रहँदा ३ रजत र २ कास्य सहित इभरलेण्ड इन्टरनेसनल एकेडेमी सातौँ स्थानमा रहेको छ । आठौं स्थानमा रहेको पिसल्याण्ड एकेडेमीले १ रजत र १ कास्य पदक हासिल गर्दा नवौं र दशौं स्थानमा समान १,१ रजत पदक सहित अन्तु एकेडमी र इलाम रोजमेरी विद्यालय रहेका छ्न् । त्यसैगरि एघारौ स्थानमा रहेको वौद्धधाम माविले ३ कास्य पदक हासिल गर्दा बाह्रौं र तेह्रौं स्थानमा सामान दुई दुई कास्य पदक सहित हिमालयन माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालय रहेका छन् । प्रतियोगितामा नगर भित्रका २९ माध्यमिक विद्यालय मध्ये १६ विद्यालयहरुले भाग लिएका थिए ।नयाँ बुलन्द