मन्त्री राईले गरे पर्यटन कार्यालयको छड्के अनुगमन
झापा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले झापामा रहेको पर्यटन कार्यालयको छड्के अवलोकन गरेका छन् । उनले बिहीबार काँकडभिट्टाको पर्यटन कार्यालयको अनुगमन गरेका हुन् । उनले अनुगमनका कार्यालयका कर्मचारी कामका लागि फिल्डमा गएका थिए ।
उनी कसैलाई जानकारी नदिई आकस्मिक रूपमा कार्यालयको अनुगमनमा पुगेका थिए । यो कोशी प्रदेश मातहतको कार्यालय हो । मन्त्री राईले विगतदेखिनै अनुगमनलाई तीव्रता दिँदै आएका छन् । उनले प्रदेश सरकार मातहतका विभिन्न कार्यालयको अनुगमन गरिसकेका छन् ।