बिर्तामोड उद्योग वाणिज्य संघको मतदान सकियो, ४ हजार ९५ मत खस्यो
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमामा मतादान सकिएको छ । वाणिज्य संघमा ५ हजार ६ सय ७३ मतदाता रहेकामा ४ हजार ९५ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । यो कुल मतदाताको ७२ दशमलव २१ प्रतिशत हो ।
बिहान ८ बजेदेखि शुरुभएको मतदान साँझ ५ बजेसम्ममा सकिएको हो । निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका थिए । एकातिर नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल छ भने अर्कातिर नेकपा एमाले , राप्रपा , माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल रहेको छ ।
अध्यक्ष पदका लागि लोकतान्त्रिक प्यानलबाट राजु न्यौपाने र स्वतन्त्र प्यानलबाट अर्जुनकुमार मैनालीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।आजनै मतगणना शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।