झापा गोल्डकप : पहिलो हाफ गोलरहित बराबरी
बिर्तामोड । झापाको बिर्तामोडमा आजबाट सुरु भएको झापा गोल्डकप पहिलो खेल संकटा क्लब र सशस्त्र प्रहरी विभागीय टोली एपिएफबीच भइरहेको छ । उद्घाटन खेल गोलरहित बराबरीमा टुंगिएको छ । दोस्रो हाफ केही समयपछि हुनेछ । दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल खेलिरहेका छन् ।
गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ ।