कोशीको तराईमा मौसम बदली रहने
झापा । झापासहित कोशी प्रदेशका तराईका जिल्लामा सामान्यत आज मौसम बदली हुनेछ । पहाडी भू–भागमा पनि आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने महाशाखाको अनुमान छ ।
आज राति आंशिक देखि साधरणतया बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मङ्गलवार पनि कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहारमा सिर्जित न्यून चापीय प्रणालीका कारण नेपालको मौसम प्रभावित भएको हो ।