विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, प्रहरीद्वारा अश्रु ग्यास प्रहार
मोरङ । हिन्दु र मुस्लिम समुदाय बीचको झडपमा यति बेला विराटनगर–१५ तनावग्रस्त भएको छ। रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहरू बीचको झडपले तनावग्रस्त भएको हो।
दुवै पक्षका युवाहरूले एक अर्को बीच ढुंगामुढासमेत प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रण गर्न करिब ९ वटा अश्रु ग्याससमेत प्रयोग गरेका छन्। थप अप्रिय घटना हुन नदिनको लागी जिल्ला प्रहरी कार्यलय मोरङले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।