कोशी प्रदेशले दियो स्थानीय तहलाई ४ अर्ब ५८ करोड वित्तीय अनुदान
विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय तहलाई ४ अर्ब ५८ करोड रुपैयाँ वित्तीय अनुदान दिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत कोशी प्रदेश सरकारले अन्तर सरकारी वित्त हस्तारन्तरणतर्फ कूल ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको हो ।
शनिबार प्रदेश सभामा आर्थिक वर्षको बजेट पेस गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सो जानकारी दिएका हुन् ।