नेकपा (एस) भद्रपुर नगर कमिटीको विविध कार्यक्रम सम्पन्न
झापा । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजदी भद्रपुर नगर कमिटीले नगर सभा, सपथग्रहण, भातृ संगठन निर्माण तथा सम्मान कार्यक्रम एक साथ सम्पन्न भएको छ ।
भद्रपुरको नेपाल समुदायिक विकास केन्द्रमा एकीकृत समाजदी भद्रपुर नगर कमिटी अध्यक्ष पदम सुब्बा लिम्बु)को अध्यतामा भएको कार्यक्रमबाट अखिल नेपाल महिला संघ (समाजवादी), युवा संघ नेपाल भद्रपुर नगर कमिटी घोषणा गरेको हो ।
कल्पना पोखरेलको अध्यक्षतामा ३३ सदस्य अनेम संघ (समाजवादी) भद्रपुर नगर कमिटी घोषण गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजदीको केन्द्रिय सदस्य चन्दा श्रेष्ठले जानकारी दिनुभयो । अनेम संघ (समाजवादी) को उपाध्यक्षमा लक्ष्मी डाँगी, कमला शिवाकोटी, सचिवमा सुनिता लिम्बु, कोषाध्यक्षमा सविना हाँडा चयन भएको श्रेष्ठले बताईन ।
कमिटीको सदस्यहरुमा सुजता मादेन, सरला राजवंशी, रोजिया राई, मैया बस्नेत, दुर्गा पोखरेल( रेखा) खिना खवास, सरस्वती खत्री, पदमा रेग्मी, भगिरथा बस्नेत, मनिषा खाती, कल्पना पोखरेल, पवित्रा अधिकारी, इन्द्रमाया आङदाङ (लिम्बु), चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा ज्योतीमाया लिम्बु, मिरा तामाङ, नन्दमाया गिरी, कान्ता खनाल, इन्द्रमाया खाती, धनवती राजवंशी, मालती राजवंशी, आयुशा शाख्य, रोजिना बोगटी, पुजा क्षेत्री गंगा लामा तामाङ, रोजिना भारती, रेस्मा भारती चयन भएका हुन ।
साथै सोहि कार्यक्रमबाट नरबहादुर थापा ( नरु) को अध्यक्षतामा ७ सदस्य युवा संघ नेपाल भद्रपुर नगर कमिटी गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजदीका जिल्ला कमिटी सचिव बीपी भटट्राईले बताए ।
कार्यक्रमा पुराना कम्युनिष्ट नेता, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजदीका केद्रिय परिषद् सदस्य विष्णु सिवाकोटीलाई सम्मान गरिएको थियो । केही समय अगाडी पार्टीमा नयाँ सदस्यता लिएका २ सय ७७ जनालाई सपथ ग्रहण गाराइएको भद्रपुर नगर कमिटी अध्यक्ष पदम सुब्बा लिम्बु)ले बताए ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजदीको पोलिब्युरो सदस्य तथा प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीको पोलिब्युरो सदस्य अशेष घिमिरे, केन्द्रिय सदस्यहरु पुष्प पोखरेल,चन्दा श्रेष्ठ, निलमणी बराल जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, उपाध्यक्ष वाशु दुलाल लागयत आतिथ्यता रहेको थियो ।