आज भाइटीका, उत्तम साइत बिहान ११.३७ बजे
| | |

आज भाइटीका, उत्तम साइत बिहान ११.३७ बजे

झापा । तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया…

भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
| |

भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

झापा । यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको थियाे । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाईटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी…

तिहारकाे चाैथाे दिन : गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै
| |

तिहारकाे चाैथाे दिन : गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै

झापा । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट…

कात्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हली पूजा
| |

कात्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हली पूजा

झापा। कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु…

साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको निधन
|

साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको निधन

झापा । झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा ८ निवासी ओलीको आज दिउँसो ३.५७ बजे आफ्नै निजी निवासमा निधन भएको हो । साहित्य लेखनमा चर्चित ओलीले २०५३ र २०७२ मा गरी दुईपटक राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले उनलाई दीर्घ साहित्य…

दास पुलमा मोटरसाइकल रुखमा ठोक्किदा चालकको मृत्यु
|

दास पुलमा मोटरसाइकल रुखमा ठोक्किदा चालकको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ दासपुलस्थित शनिश्चरे–बिर्तामोड सडकखण्डमा मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी ४बजे शनिश्चरेबाट बिर्तामोडतर्फ तीब्र गतिमा आउँदै गरेको बा ४९ प २१५९ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया साईडमा रुखमा ठोक्किएको थियोे । दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाउँपालिका वडा नम्बर ६ बस्ने…

शुक्रबार माैसम सफा रहने
|

शुक्रबार माैसम सफा रहने

झापा। हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ। कोशी, बागमती,…

‘आज तिहारकाे पर्व छैन’-पञ्चाङ्ग निर्णायक विकास समिति
|

‘आज तिहारकाे पर्व छैन’-पञ्चाङ्ग निर्णायक विकास समिति

झापा । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा…

साफ महिला च्याम्पिएनसिप : उपाधि जित्ने नेपालको धोको अधुरै, बाङ्लादेशसँग २–१ ले पराजित
| |

साफ महिला च्याम्पिएनसिप : उपाधि जित्ने नेपालको धोको अधुरै, बाङ्लादेशसँग २–१ ले पराजित

काठमाडाै । बाङ्ग्लादेशले पुनः नेपालको उपाधि जित्ने सपना चकनाचुर पार्दै दशरथ रङ्गशालामा उपस्थित १५ हजार बढी दर्शकमाँझ नेपाललाई २-१ ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधिमा कब्जा जमायो। १२ औँ पटक अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेले पनि हरेक पटक पराजित हुँदा नेपाली खेलाडीहरूमा चरम निराशा देखिएको थियो। महिला साफ च्याम्पिएनसिपकाे सात संस्करण मध्ये नेपालले ६ संस्करणको फाइनल खेलेको थियो।समग्रमा…

बिहीबार माैसम सफा रहने
| |

बिहीबार माैसम सफा रहने

झापा । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ। कोशी,…