साहुको बदमासीले जेल परेका लालबहादुरलाई उच्च अदालतको सफाइ
आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि इटहरी-१९ बरमपुर फूलबारी टोलका लालबहादुर विश्वकर्मा अकल्पनीय यातनाको शिकार बने। उनले केही कागजमा गरेको हस्ताक्षरकै कारण साहुले दुनियाँलाई ठगेको अपराधको अपजस सहनु परेको थियो। सुन पसलमा कालिगढको काम गर्ने उनलाई करोडौंको बिगो तिर्नुपर्ने अवस्थाबाट अब मुक्ति मात्रै मिलेको छैन, उनले जेलबाट पनि छुटकारा पाउने भएका छन्।…