नाम सिंगापुरे, पोसाक रैथाने
संघीय राजधानी सहरमा लुगा किन्न पसलको के अभाव! खालखालका देशी–विदेशी लुगा पाइन्छन्; सस्तो, महँगो र अनेक डिजाइनका। कुनै जाति विशेषको पोसाक चाहियो भने चाहिँ कहाँ जाने! अनुभवीहरूका अनुसार यस्तो पोसाक पनि नपाइने होइन तर ठ्याक्कै जातीय संस्कृति झल्किने गरी ढाँचा मिलेका पाउन मुश्किल पर्छ। कहीँ न कहीँ केही न केही नमिलेको हुन सक्छ। सेटको सबै…