कोशी प्रदेशमा बजेटसम्बन्धी दुई अध्यादेश जारी

कोशी प्रदेशमा बजेटसम्बन्धी दुई अध्यादेश जारी

मोरङ — कोशी प्रदेश सरकारले बिहीबार अध्यादेशमार्फत बजेट जारी गरेको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश-२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश-२०८० जारी गरेका छन् । अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले कानुनी उल्झन आउने…

हुलाकी राजमार्गको ९०% काम सम्पन्न,सडक गुणस्तरीय नभएको स्थानीयको आरोप

हुलाकी राजमार्गको ९०% काम सम्पन्न,सडक गुणस्तरीय नभएको स्थानीयको आरोप

हुलाकी राजमार्गमा पर्ने मेची नदीदेखि रतुवा खोलासम्मको झण्डै ४८ किलोमिटर सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ । तर, निर्माणको जिम्मा पाएको पीएस, गजुरमुखी–मोतीदान कन्ट्रक्सन जेभीले सडक निर्माणका क्रममा गुणस्तरहीन काम गरेको हुलाकी राजमार्ग निर्देशनालयका इञ्जिनियर दीपेन्द्र चौधरीले बताए । मेचीदेखि राजगढसम्मको सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । तर, सो सडक कालोपत्रे…

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने औपचारिक निर्णय गर्दै माओवादी

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने औपचारिक निर्णय गर्दै माओवादी

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने भएको छ। वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको हो। यो निर्णय स्थायी कमिटीको बैठक बोलाएर केहीदिनमै गर्ने माओवादीका एक उच्च नेताले सेतोपाटीलाई बताए। ‘बैठकको दिन त तोकिएको छैन…

ल्होत्से मलमा लुटपाट गर्नेमाथि तत्काल कारबाही गर्न कांग्रेसको माग

ल्होत्से मलमा लुटपाट गर्नेमाथि तत्काल कारबाही गर्न कांग्रेसको माग

महतले भने- सरकारले काठमाडौंमै शान्ति सुरक्षाको प्रत्याभूति दिन सकेन नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले नयाँ बसपार्कस्थित ल्होत्से मलमा सोमबार भएको लुटपाटमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्। यातायात मजदुरहरूको आन्दोलनका क्रममा ल्होत्से मलभित्र पसेर केही व्यक्तिहरूले दुई मोबाइल पसल र मोबाइल रिपेरिङ ल्यावमा लुटपाट गरेका थिए। यससम्ब्धी भिडिओहरू पनि बाहिरिएका थिए। आज प्रतिनिधि…

पूर्वराजालाई बोलाएर दुर्गा प्रसाईंको चर्को भाषण- मुलुक २०४६ सालअघि फर्काऔं

पूर्वराजालाई बोलाएर दुर्गा प्रसाईंको चर्को भाषण- मुलुक २०४६ सालअघि फर्काऔं

पूर्वमन्त्री केशरबहादुर विष्टले ज्ञानेन्द्र शाह सहभागी कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनमाथि कसे व्यंग्य समाजका हरेक विषयमा बेपर्वाह अभिव्यक्ति दिँदै बारम्बार विवादमा तानिने झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सोमबार पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाहलगायत पूर्व राजपरिवारका सदस्यहरूलाई झापाको एकै मञ्चमा उभ्याए।  कुनै बेला आफूले ‘माओवादी जनयुद्ध’ लडेको बताउने प्रसाईंले यसपटक ‘जनयुद्ध दिवस’ कै दिन पारेर…

भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

परराष्ट्र सचिवसँग औपचारिक वार्ता, प्रधानमन्त्रीदेखि दलका नेताहरूलाई भेट्ने भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन्।  दुई दिने नेपाल भ्रमणका लागि उनी सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायतले स्वागत गरेका थिए। सचिव पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका…

भारतीय विदेश सचिव नेपालमा, सचिवस्तरीय बैठकमा सहभागी

भारतीय विदेश सचिव नेपालमा, सचिवस्तरीय बैठकमा सहभागी

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । काठमाडौँ आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको छ । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको…

छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बन्छ: प्रचण्ड

छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बनाएर जाने बताएका छन्। ‘जनयुद्ध दिवस’ का अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले छिट्टै हुने पार्टी एकताले ऊर्जा दिने बताए। उनले विभिन्न समूहमा रहेका माओवादीहरूलाई पुन: एक बनाउने पहल भइरहेको संकेत गरेका छन्। ‘सबै माओवादी धाराका विभिन्न समूहलाई अब एकताबद्ध…

स्थायी कमिटीले पास गर्‍यो माओवादी केन्द्रको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव

स्थायी कमिटीले पास गर्‍यो माओवादी केन्द्रको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव

अब केन्द्रीय कमिटीमा छलफल हुने नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव अघि सारेको छ। माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चुनाव चिन्ह फेर्न प्रस्ताव गरेका थिए। ‘संरचनागत विधि र पद्धति नाम र चिन्ह लगायतका विषयलाई आमूल परिवर्तन गर्दै…

अग्नि सापकोटा र पम्फा भुसाललाई माओवादीले बनायो उपाध्यक्ष

अग्नि सापकोटा र पम्फा भुसाललाई माओवादीले बनायो उपाध्यक्ष

नेकपा माओवादी केन्द्रले अग्निप्रसाद सापकोटालाई पार्टीको उपाध्यक्ष बनाएको छ। सापकोटा यसअघि सभामुख थिए। सभामुखबाट हटेसँगै उनी फेरि पार्टी राजनीतिमा सक्रिय भएका हुन्। माओवादीले पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाएको छ। महाधिवेशनपछि पदाधिकारी चयन गरिँदा भुसाललाई उपमहासचिव बनाइएको थियो।  माओवादीले बुधबार सर्कुलर जारी गर्दै सापकोटा र भुसाललाई उपाध्यक्ष बनाइएको उल्लेख गरेको छ। माओवादीमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष…