अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै
|

अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै

अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छन्। नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। नुल्याण्ड दुई दिन नेपालमा रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालय जानकारी दिएको छ।  उनले नेपाल बसाईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्नेछिन्। Source : Setopati

अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध गरेको छ। उच्च शिक्षा मन्त्रालयले शनिबार निजी विश्वविद्यालयहरूलाई पत्र लेख्दै महिला विद्यार्थीहरूलाई विश्वविद्यालयको प्रवेश परीक्षामा बस्न नदिन निर्देशन दिएको छ। यो सँगै अफगानिस्तानमा छात्राहरू उच्च शिक्षबाट बञ्चित हुनेछन्। उच्च शिक्षा मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाश्मीका अनुसार सरकारको पत्रमा कुनै पनि अफगानी छात्राले स्नातक, मास्टर र…

राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्। उनले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताए। त्यसका लागि निर्वाचन आयोगले मिति तोक्नुपर्ने खड्का बताउँछन्। ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर…

‘काठमाडौं महानगरको ज्यादतीविरूद्ध’ आज २ बजे माइतीघरमा खबरदारी सभा

‘काठमाडौं महानगरको ज्यादतीविरूद्ध’ आज २ बजे माइतीघरमा खबरदारी सभा

बालेनको विरोधमा उभिए सुमन सायमि काठमाडौं महानगरपालिकाको चुनावमा अन्तिम मतपरिणाम घोषणा भएको दिन एउटा रोचक दृश्य देखिएको थियो। नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिन उनकै प्रतिद्वन्द्वी सुमन सायमि अग्रस्थानमा उभिएका थिए। प्रतिस्पर्धाको चौथो स्थानमा रहेका सायमिले त्यस दिन बालेन शाहलाई बधाई र शुभकामना मात्र दिएनन्, राष्ट्रिय सभागृहबाट सुरू विजय जुलुसमा बालेनसँगै एउटै गाडीमा सवार भएर हिँडे।…

रवि र राज्यसँग सिधा प्रश्न

रवि र राज्यसँग सिधा प्रश्न

आज रवि र राज्य दुवैका कुरा गरौं। दुवैसँग केही प्रश्न गरौं। रवि लामिछानेको नागरिकता प्रकरण हाम्रा लागि एउटा यस्तो ‘लिटमस टेस्ट’ थियो जसमा रवि, राज्य र मुख्य राजनीतिक दल सबै असफल भए। धन्न लोकतन्त्रमा सत्ता, त्यहाँ पुग्न र टिक्न आतुर राजनीतिक दल र स्वार्थले वशीभूत राजनीतिज्ञ मात्र हुँदैनन्। त्यहाँ मिडिया र स्वतन्त्र न्यायालय पनि हुन्छ। अनि चुपचाप…

नागरिकता लिन जिल्‍ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि लामिछाने

नागरिकता लिन जिल्‍ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि लामिछाने

नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्।  आइतबार उनी नागरिकता लिनको लागि प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन्। अहिले प्रशासन कार्यालयमा भीड लागेको छ। भीड बढेसँगै प्रहरी पनि बाक्लो रूपमा परिचालन गरिएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्। यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको…

कोइराला पक्षको भेलामा कांग्रेस नेताहरूले उठाएको ५ विषय

कोइराला पक्षको भेलामा कांग्रेस नेताहरूले उठाएको ५ विषय

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भयो, तटस्थ बस्नुपर्थ्यो: शेखर कोइराला नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राखेको भेलामा उपस्थित नेताहरूले मुख्यगरी ५ वटा विषय उठाएका छन्। आइतबार काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा समसामयिक राजनीतिक घटनाक्रम र आन्तरिक विषयबारे कुराकानी भएको हो। कोइरालासहित उनी पक्षका पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापति भेलामा उपस्थित थिए। उनीहरूले…

|

४८ वर्षयता पहिलो पटक राजस्व घट्ने संकेत

सरकारको राजस्वले यो वर्ष रेकर्ड कायम गर्ने देखिएको छ। यो रेकर्ड सकारात्मक भने होइन। सरकारको राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जान्छ। अघिल्लो वर्षभन्दा धेरै हुँदै जाने प्रवृत्ति छ। तर यो आर्थिक वर्षमा यो प्रवृत्ति भंग हुने संकेत देखिएको छ। र, यस्तो अवस्था ४८ वर्षयता पहिलो पटक हुन लागेको हो। आर्थिक वर्ष २०३१/३२ पछि यस्तो अवस्था देखिएको थिएन। त्यसैले यो…

सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौं जिल्ला अदालतमा

सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौं जिल्ला अदालतमा

उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं आइपुगेको छ। लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौं जिल्ला अदालतमा आइपुगेको बताए। उनले पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र २० लाख रुपैयाँ धरौटी बुझाएपछि…

धरौटीमा २० लाख नगद बुझाएर छुट्दैछन् सन्दीप लामिछाने 

धरौटीमा २० लाख नगद बुझाएर छुट्दैछन् सन्दीप लामिछाने 

छोड्नुअघि केन्द्रीय कारागारले गर्नेछ उनको स्वास्थ्य परीक्षण बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्। उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले  बैंक जमानत वा नगद बुझाउन भनेकाले लामिछानेले नगदै २० लाख धरौटी बुझाउन लागेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए। लामिछानेलाई धरौटीमा छोड्न न्यायाधीशद्वय…