बिआरआईमा हस्ताक्षर सम्पन्न
| |

बिआरआईमा हस्ताक्षर सम्पन्न

झापा । चीन र नेपालवीच बेल्ट एण्ड रोड सहायता परियोजनाको कार्यान्वयन सम्झौतामा दुई देशका परराष्ट्र सचिवहरुले हस्ताक्षर गरेका छ्न् । बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको उल्लेख गरेलगत्तै सम्झौताका कतिपय अस्पष्ट बुँदामा सहमति जुटेर सम्झौतामा हस्ताक्षर हुन सकेको हो । राष्ट्रपति सि चिनफिङको दूरदर्शी नेतृत्वमा…

बिर्तामोड ७ मा ‘एक घर एक बत्ती’ अभियान
|

बिर्तामोड ७ मा ‘एक घर एक बत्ती’ अभियान

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा ‘एक घर एक बत्ती अभियान’ सुरुवात भएको छ ।जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले ‘एक घर एक बत्ती अभियान’ सुरु गरीएको हो । यस वडामा २४ वटा टोल रहेका छन् । यी मध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे,…

नेपालका हलमा रातभरि चल्दै ‘पुष्पा २’, टिकट बिक्री आक्रामक
|

नेपालका हलमा रातभरि चल्दै ‘पुष्पा २’, टिकट बिक्री आक्रामक

भारतमा मात्र होइन, नेपालमा पनि लामो समयदेखि प्रतीक्षा भइरहेको फिल्म हो, ‘पुष्पा २’ । यसको अघिल्लो श्रृंखलाले नेपालमा उल्लेख्य कमाएको थियो । अब सिक्वेलले बक्स अफिसमा सुनामी ल्याउने देखिएको छ । सोमबारबाट मल्टीप्लेक्सहरुमा खुलेको अग्रिम टिकट बुकिङको अवस्था हेर्दा फिल्मले नेपालमा तीन करोडको ओपनिङ गर्ने निश्चित छ । शो मात्र ५ सयभन्दा बढी छ ।…

किन भएन बीआरआईमा हस्ताक्षर ?
|

किन भएन बीआरआईमा हस्ताक्षर ?

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहकार्यसम्बन्धी दस्ताबेजमा हस्ताक्षर हुन सकेन । जबकि भ्रमण सुरु हुनुअगावै बीआरआई सहकार्यसँग सम्बन्धित दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेबीच सहमति जुटेको भन्दै दुवै दलबीच खुसी साटासाट गरिएको थियो । बीआरआईअन्तर्गत अनुदान मात्रै लिने गरी नेपालले गरेको प्रस्तावमा चिनियाँ पक्ष अन्तिम समयमा असहमत भएपछि प्रस्तावित ‘फ्रेमर्वक’…

बक्यौता उठाउन अवरोध गर्दै आएका ऊर्जामन्त्रीले प्राधिकरणकै भवनमा बनाए कार्यकक्ष
| |

बक्यौता उठाउन अवरोध गर्दै आएका ऊर्जामन्त्रीले प्राधिकरणकै भवनमा बनाए कार्यकक्ष

काठमाडौ । उद्योगीको बक्यौता उठाउन विद्युत्को लाइन काट्ने प्राधिकरणको नियमित काममा ‘अवरोध’ गर्दै आएका ऊर्जामन्त्री दीपक खड्काले रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा कार्यकक्ष बनाएर अर्को ‘अस्वाभाविक’ गतिविधि गरेका छन् । प्राधिकरणको कामचलाउ अध्यक्षको हैसियत रहने ऊर्जामन्त्री वा सरकारले तोकेका विशिष्ट श्रेणीका कर्मचारीका लागि प्राधिकरण कार्यालयमै कार्यकक्ष राख्ने अभ्यास बिल्कुल नौलो हो । यसअघिका कुनै पनि अध्यक्षले प्राधिकरण कार्यालयमा…

गौहत्याको आरोपमा पक्राउ कन्काई र अर्जुनधाराका ६ जनामाथि मुद्धा
| |

गौहत्याको आरोपमा पक्राउ कन्काई र अर्जुनधाराका ६ जनामाथि मुद्धा

झापा । झापाको कन्काई र अर्जुनधारामा गौहत्याको आरोपमा पक्राउ परेका ६ जनामाथि बिर्तामोड प्रहरीले पशुपंछीसम्बन्धी ऐनअनुसार कार्वाही अघि बढाएको छ । मंसिर ११ गते कन्काई ३ टप्पुमा गाई काटेको आरोपमा पाँचजना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने ४६ वर्षीय बुधन आलम,उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन , भारत किसनगञ्ज…

नेपाल-चीनबीच नौ बुँदामा सहमती
|

नेपाल-चीनबीच नौ बुँदामा सहमती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९  वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता भएपछि दुई देशका अधिकारीहरुले…

कोशीमा कोइराला समूहको छुट्टै भेला
| |

कोशीमा कोइराला समूहको छुट्टै भेला

झापा । काँग्रेस केन्द्रीय कार्यालयले अवैधानिक घोषणा गरेपनि नेता शेखर कोइराला समूहले आज दिउँसो समानान्तर भेला राखेको छ । शनिबार हुन लागेको काँग्रेस कोशी प्रदेश समितिको सम्मेलनलाई काउण्टर दिन उक्त समूहले आज विराटनगरको जैन भवनमा भेला डाकेको बुझिएको छ । कोशी प्रदेशका सबै पालिकाका सभापति र कार्यकर्तासँगै चितवन, कास्की, काठमाडौं, ललितपुर जिल्ला कार्यसमितिका पदाधिकारी र…

झापाको पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण
|

झापाको पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण

झापा । जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रूपमा प्रवेशद्वारको उद्घाटन गरे । नवनिर्मित प्रवेशद्वारमाथि पशुपतिनाथ, स्वयम्भुलगायत विभिन्न जनजातिका पहिचान झल्काउने आकृति राखेर बहुसांस्कृतिक रूपमा विकास गरिने योजना रहेको नगरप्रमुख थोप्राले बताए । पर्यटकीयस्थल दोमुखाको…

एक्लाएक्लै लडेको उपनिर्वाचन : कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो
| |

एक्लाएक्लै लडेको उपनिर्वाचन : कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो

काठमाडाैं ।  सीमित सिटमै भए पनि यसपटकको उपनिर्वाचन वास्तवमै जनमत परीक्षणको अवसर थियो, किनभने असाध्यै न्यून सिटमा बाहेक प्रमुख तीन दलहरू आ–आफ्नै बलमा मैदानमा थिए । नतिजा संघीय, प्रदेश र स्थानीय तहको शक्ति सन्तुलनभन्दा फरक देखिएको छ । ४४ सिटको परिणाम आउँदा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा छन् ।  संसद्का दुई ठुला दल कांग्रेस र…