रेवतीरमण भण्डारी कोशीको आन्तरिक मामिलामन्त्री
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने भएका छन् । उनको शपथ आज साढे ५ बजे गर्ने तयारी छ । एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतक समेत हुन् ।