भाक्कावाली ढापाको दुःख
झापा । बिर्तामोड ९ टांगावारीकी ढापा राजवंशीले एकाविहानै उठेर जाडोमा गाउँघरमा भाक्का बेचिहिँड्दा उनी मुश्किलले पाँच–सात सय रुपैयाँ कमाउँछिन् । पाँच किलो चामलको पिठोको भाक्का बेच्दा बल्लतल्ल उनलाई त्यति नाफा छुट्छ । त्यही आम्दानीबाट एकल महिला ढापाले गुजारा गर्नु परिरहेको छ । ढापाले भाक्का बेचेको वर्षौ भइसक्यो । कहिले उनी एकैठाउँमा बसेर बेच्छिन् भने कहिले…