बिआरआईमा कांग्रेस–एमाले विवाद : ओली कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने पक्षमा, देउवा विरोधमा
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण (मंसिर १७–२१)को पूर्वसन्ध्यामा चीनद्वारा प्रस्तावित बिआरआई कार्यान्वयन योजनाको मस्यौदामा सत्तारूढ कांग्रेस र एमालेबिच गम्भीर मतभेद देखिएको छ । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा टुंगिन नसकेको कार्यान्वयन योजनामा यसपटक प्रधानमन्त्री ओली हस्ताक्षर गर्ने पक्षमा छन् । तर, त्यसमा निहित चिनियाँ ऋण, सुरक्षा र भूराजनीतिक स्वार्थ नेपालको हितविपरीत हुने…