झापामा २० हजार हेक्टर जमिनमा चैते धानखेती
| |

झापामा २० हजार हेक्टर जमिनमा चैते धानखेती

झापा । झापामा २० हजार हेक्टर जमिनमा कृषकले चैते धानखेती लगाएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कृषकलाई…

चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा
| |

चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा

ङ्गलबारे । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् ।  टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी…

बेसार खेतीप्रति किसानहरूको आकर्षण बढ्दै
| | |

बेसार खेतीप्रति किसानहरूको आकर्षण बढ्दै

गोविन्द पौडेल रोङ । रोङ गाउँपालिकाको अरुवाली क्षेत्रका किसानहरू जगली जनावरको हैरानीबाट बच्न वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन्। पछिल्ला केही वर्षयता बेसार खेतीप्रति उनीहरूको चासो बढेको छ। तीन वर्षअघि मात्र रोङ–३ मा रहेको इको चिया सहकारीले आफ्ना सदस्यहरूलाई बेसार खेती गर्न प्रोत्साहित गरेको थियो। सुरुआती चरणमा गरिएको खेतीको उत्पादन आठ गुणाले वृद्धि भई बजारमा ब्रान्डिङसहित…

झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री
| | |

झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री

भद्रपुर (झापा), यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । “यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी थियो, किसानले धान…

बिर्तामोड महोत्सवमा ताप्लेजुङदेखि जुम्लासम्मको अर्ग्यानिक उत्पादन
| | |

बिर्तामोड महोत्सवमा ताप्लेजुङदेखि जुम्लासम्मको अर्ग्यानिक उत्पादन

झापा  । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अर्ग्यानिक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौ, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडीबुटीको चिया, जिम्मु र दाँते ओखर पनि उनको स्टलमा…

 गुन्द्रुक र सिस्नो पछि रोङमा ‘तितेकरेला’ को ब्रान्डिङ
| | |

 गुन्द्रुक र सिस्नो पछि रोङमा ‘तितेकरेला’ को ब्रान्डिङ

इलाम । इलामको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् । रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्षसम्म बजारको पहुँच नहुँदा घरमा उपभोग गर्नका लागि मात्र तितेकरेला लगाउने गरिएकामा पालिकाले बजारीकरण गर्न थालेपछि व्यावसायिक उत्पादन सुरु गरिएको…

भद्रपुरमा किसानका पीडा : अनुदानको ‘बहुगुनी’ धानमा भुस मात्रै फल्यो
| | |

भद्रपुरमा किसानका पीडा : अनुदानको ‘बहुगुनी’ धानमा भुस मात्रै फल्यो

झापा । भद्रपुर नगरपालिका–४ का शक्तिमान मगरले घर छेउकै १८ कट्ठा जमिनमा धान रोपे । सरकारी अनुदानको ‘बहुगुनी’ र आफैँले किनेर ल्याएको ‘रञ्जित’ जातको धान हलक्कै बढ्यो । आफैँले बीउ किनेर रोपेको रञ्जित धान फल्यो । तर, अनुदानको बहुगुनी धानमा बाला त लागे, तर भुसमात्रै फल्यो । त्यसैकारण, अब के खाएर परिवार पाल्ने भन्ने चिन्तामा मगर छन् । ‘एउटै खेतमा…

राँकेबाट बिर्तामोड आयात गरेको फूलकोबी खान अयोग्य
| | |

राँकेबाट बिर्तामोड आयात गरेको फूलकोबी खान अयोग्य

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आयात गरिएको फूलकोबी उपयोग गर्न अयोग्य पुष्टि भएको छ । उपयोग गर्न अयोग्य भएपछि फूलकोबीलाई खाल्डोमा पुरिएको छ । राँकेबाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च भएपछि कृषि प्रयोगशाला बिर्तामोड इकाईले नष्ट गरेको जनाएको छ । कोबीमा कार्वामेटको मात्रा ८.९९ र अर्गानो फस्फेटको मात्रा ९८.८५ प्रतिशत देखिएको प्रयोगशालाले जनाएको…

बिर्तामोडमा खुल्यो तरकारी बिक्री केन्द्र
| | |

बिर्तामोडमा खुल्यो तरकारी बिक्री केन्द्र

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ’पारीको होइन बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगानाले बिक्री केन्द्रको…

बिर्तामोड नगरपालिकाद्वारा कृषि सामग्री वितरण
| |

बिर्तामोड नगरपालिकाद्वारा कृषि सामग्री वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ भ्याटसहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेसिन वितरण गरिएको हो । चिलिङ भ्याट २ वटा, मिल्क क्यान ८ वटा, दाना पिसाउने मेसिन ५ वटा र काउमेट २२ जनालाई १…